त्रिशूली नदीमा सेनाको विपद् नमुना उद्धार अभ्यास

  • २०८१ जेष्ठ ३०, बुधबार (३ महिना अघि)
  • ४४६ पटक पढिएको
त्रिशूली नदीमा सेनाको विपद् नमुना उद्धार अभ्यास

काठमाडौं– त्रिशूली नदी र यसको तटीय क्षेत्रमा हुने बाढी, पहिरोबाट प्रभावितहरुलाई उद्धार गरि नागरिकलाई बचाउन नेपाली सेनाको शिवदल गण गजुरीको अगुवाइमा पूर्व अभ्यास गरिएको छ ।

Advertisement

धादिङको गजुरी गाउँपालिका– १ त्रिशूली नदी किनारमा मंगलबार विपद् पूर्वतयारी र प्रतिकार्यका लागि विपदबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘अभ्यास मनसुन– ४’ आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधिलगायत सरोकारवालाहरूको समन्वयमा बाढ़ी, पहिरोबाट विपत्तिमा परेकाको नमुना उद्धार अभ्यास गरिएको थियो ।

पहिरोमा पुरिएर घाइते भएकाहरूको प्राथामिक उपचार र थप उपचारका लागि सकभर चाँडै स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने र नआत्तिई सबैले सहकार्य गरे उद्धारलाई छिटो गरी थप विपत्ति हुनबाट जोगिन सकिने सन्देश अभ्यास कार्यक्रममार्फत दिइएको नेपाली सेनाको शिवदल गण गजुरीका सेनानी अपरेशन अधिकृत हेमप्रसाद शिवाकोटीले बताए ।

यसअघि शिवदल गणले नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायतको ६० जनाको टोलीले अभ्यास मनसुन ४ तालिम लिएका थिए ।

नमुना अभ्यासमा नदीले बगाएका मानिसको उद्दार, प्राथमिक उपचार, पहिरोमा हराएका मानिसको खोजी लगायतका अभ्यास गरेका थिए ।

कार्यक्रममा श्री नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि रोज प्रताप जबरा, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, लगायतका सुरक्षा निकायका प्रमुख र अधिकृतहरुको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट