फूलखर्क ग्रामीण अस्पतालको सामाजिक लेखा परीक्षण सम्पन्न

  • नेपाल पथ
  • २०८१ जेष्ठ ३०, बुधबार (५ महिना अघि)
  • ३३५ पटक पढिएको
फूलखर्क ग्रामीण अस्पतालको सामाजिक लेखा परीक्षण सम्पन्न

काठमाडौं– धादिङको गंगाजमुना गाउँपालिका–५ मा रहेको फुलखर्क ग्रामीण अस्पतालको सामाजिक लेखा परीक्षण गरिएको छ ।

Advertisement

अस्पतालले आर्थिक वर्ष २०८०÷०८१ मा गरेको सेवा प्रवाह, आर्थिक लेखाजोखा एवम् अस्पतालमार्फत प्रदान गरिँदै आएको सेवाप्रति नागरिकको गुनासो र सुझावका बारेमा छलफल गरिएको छ ।

कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीले दरबन्दी अनुसार कर्मचारी नहुँदा बिदाको दिन पनि काम गरेको बताए । तर, काम गरेबापत छुट्टै रकम नपाएको गुनासो गरेका छन् । यसैगरी अस्पतालमा खानेपानी, बत्ती, पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको समस्या राखेका छन् । अस्पतालमा ल्यावकक्ष सञ्चालनमा रहे पनि आवश्यक उपकरण नभएको र भएको उपकरण पनि बिग्रेकाले यसलाई व्यवस्थित गरिनुपर्ने माग गरेका छन् ।

यस्तै कार्यक्रममा सहभागी स्थानीय नागरिकले अस्पतालमा निशुल्क पाइने औषधिको विवरण टाँस्नुपर्ने, एम्बुलेन्स चालकले तोकिएको भन्दा बढी रकम लिने गरेकाले अस्पताल प्रशासनले यस्ता कुराको अनुगमन गर्न सुझाव दिएका छन् । यसका साथै सेवा विन्दुहरु थप गर्न माग गरेका छन् ।

कार्यक्रममा  गंगाजमुना गाउँपालिका–५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, जनस्वास्थ्य निरिक्षक विनोद श्रेष्ठ लगायत स्थानीय नागरिकको सहभागीता रहेको थियो ।

गंगाजमुना गाउँपालिकाको आयोजना र टुगेदर कन्सल्टिङको समन्वयमा भएको कार्यक्रमको सहजीकरण शालिकराम दुवाडी, अर्जुन श्रेष्ठले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट