काठमाडौंमा अत्यधिक गर्मी, मनसुन भित्रिन अझै ३ दिन लाग्ने

  • २०८१ जेष्ठ ३०, बुधबार (५ महिना अघि)
  • २३६ पटक पढिएको
काठमाडौंमा अत्यधिक गर्मी, मनसुन भित्रिन अझै ३ दिन लाग्ने

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षा नहुँदा अत्यधिक गर्मी बढेको छ ।

Advertisement

३० वर्ष यताको तथ्याङ्कलाई आधार मान्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस हो । तर गएको जुन १० अर्थात् जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

गएको वर्षको जुन १० तारिखमा काठमाडौंको अकितम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो ।

यस्तै सोमवार कोशी प्रदेश हुँदै नेपाल भित्रिएको मनसुन शनिवारसम्ममा काठमाडौं उपत्यकामा भित्रिने भएको छ । अहिले कोशी प्रदेशमै रहेको मनसुन शनिवारसम्ममा काठमाडौं उपत्यका आइपुग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्रध्यापक विनोद पोख्रेलले जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट