धादिङमा वडा अध्यक्षले च्याते कार्यपालिकाको माइनुट

  • नेपाल पथ
  • २०८१ जेष्ठ ३१, बिहिबार (४ महिना अघि)
  • १८१ पटक पढिएको
धादिङमा वडा अध्यक्षले च्याते कार्यपालिकाको माइनुट

काठमाडौं – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष सुवास अधिकारीले कार्यपालिकाकै बैठकको माइनुट च्यातेका छन् । मंगलबार कार्यपालिका बैठकमा बबण्डर मच्चाउदै बैठक बहिस्कार गरेका अधिकारीले निर्णय पुस्तिका अध्ययन गर्ने भन्दै मागेर च्याति दिएका हुन् ।

Advertisement

गाउँ शिक्षा समितिको निर्णय हेर्ने बहाना गर्दै कर्मचारीहरुसंग निर्णय पुस्तिका खोसेर वडाध्यक्ष अधिकारीले गत शुक्रबारको गाउँ शिक्षा समिति र मंगलबारको गाउँ कार्यपालिकाको निर्णय पुस्तिका च्याति दिएका हुन् ।

गहन छलफल गर्दै महत्वपुर्ण निर्णय लेखिएको निर्णय पुस्तिका कार्यपालिकाका जिम्मेवार व्यक्तिबाटै च्यातिएपछि वडाध्यक्ष अधिकारीको कार्यशैलिप्रति गाउँपालिकाले एकविज्ञप्ति मार्फत खेद व्यक्त गरेको छ ।

गाउँपालिकाका प्रवक्ता कुशबहादुर शिटौलाद्वारा जारी गरिएको विज्ञप्तिमा जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिबाट यस्तो घृणित कार्य हुनुलाई दुःखद भन्दै खेद व्यक्त गरिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–७ का वडाअध्यक्ष सुवास अधिकारी माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् । गलत भयो नि भन्ने प्रश्नमा उनले भने– ‘आफुले पटक पटक भन्दा पनि बेवास्ता गरी शिक्षामा गलत  निर्णयहरु भएकाले माइनुट च्यातेको हुँ । गाउँपालिकामा माइनुट च्यात्ने अनि छलफल गरेर निर्णय गर्ने बानी बसेको छ ।’

‘विद्यालयहरु कक्षा ८ बाट ५ मा डाउन साइज गर्ने निर्णय, कक्षा ६ र ७ सञ्चालन गराउन गरेको असमान निर्णय, दरबन्दी र राहत शिक्षक सट्टापट्टाको लागि पटक पटक भएको निर्णयलाई वेवास्ता गरी जवर्जस्ती अन्य निर्णय गरेका कारण मैले माइनोट च्यातेको हो’ उनले भने– ‘विकल्प नभएर मैले यस्तो निर्णय गरेको हुँ । पहिलेका दिनहरुमा पनि यस्तै गरेर फेरी छलफल गरिदै आएको हो । हाम्रो पालिकामा नौलो होइन । यो निर्णय बारे हामी फेरी छलफल गरेर अघि बढ्छौं ।’

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट