त्रिशुली किनारमा बस खस्दा १२ जना घाइते

  • २०८१ जेष्ठ ३२, शुक्रबार (२ महिना अघि)
  • १२९ पटक पढिएको
त्रिशुली किनारमा बस खस्दा १२ जना घाइते

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ । त्रिशुलीमा बस खस्दा १२ जना घाइते भएका छन् ।

Advertisement

बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार एक आपसमा ठोक्किदा बस त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै रोकिएको थियो । कारमा सवार २ जना र बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट