काठमाडौं– बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट आज सार्वजनिक हुँदैछ । प्रदेशसभाको आज बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक हुने कार्यसूची रहेको छ ।
सरकारको बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नेछन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप