धादिङमा ३ दिने उद्यमशिलता विकास तालिम सुरु

  • २०८१ अषाढ २, आईतबार (३ महिना अघि)
  • ६८९ पटक पढिएको
धादिङमा ३ दिने उद्यमशिलता विकास तालिम सुरु

काठमाडौं– धादिङमा ३ दिने उद्यमशिलता विकास तालिम सुरु भएको छ । जिविका परियोजना अन्तर्गत किसानलाई उद्यमशिलता विकास सम्बन्धि ज्ञान तथा सिप प्रदान गरि व्यवसायिक बन्न उत्प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Advertisement

ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालले धादिङको आयोजनामा एइयनलक्जेम्बर्गको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका–५ र नेत्रावती डवजोङ गाउँपालिका– ५ को सहकार्य तालिम सुरु गरिएको हो ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सिता मायाँ गुरुङले तालिम लिएपछि किसानहरु व्यवसायिक बन्ने र गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारसम्म पहुँच हुने बताएकी छन् ।

‘किसानले उचित मूल्य पाएका छैनन् । किसानको खेतवारीमा कृषिजन्य उत्पादन भएर पनि विचौलियाका कारण किसान मारमा परेका छन्’ उनले भनिन्– ‘यो तालिमले व्यवसायका आधारभूत ज्ञान थाहा पाउने छन् । व्यवसायी बन्न उत्प्रेरणा मिल्ने छ । किसानलाई आत्मनिर्भर बन्न ठूलो अपेक्षा पुग्नेछ । नगरपालिका र गाउँपालिकाले पनि किसान लक्षित थुप्रै कार्यक्रम ल्याइरहेको छ । सबैको उद्देश्य नागरिकलाई आत्मनिर्भर बनाउने नै हो ।’
यसैगरि नीलकण्ठ नगपालिका–५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले किसानको आवश्यकता र मागलाई मध्यनजर गरी तालिम आयोजना गरिएको बताए । किसानलाई व्यवसायसँग जोड्न र उत्पादित कृषिजन्य उत्पादनलाई बजारीकरणमा टेवा पुग्ने अपेक्षा रहेको उनले बताए ।

३ दिनसम्म चल्ने तालिममा पहिलो दिन आइतवार उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघ गौतम र रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धितालले सहजीकरण गरेका छन् । उद्यम र व्यवसायका प्रकार, सम्भावना, कृषि व्यवसायको लक्ष्य तथा परिकल्पना लगायतका विषयमा प्रशिक्षण गरेका छन् ।

नीलकण्ठ नगरपालिका– ५ र नेत्रावती डवजोङ गाउँपालिका–५ का २५ जना कृषकहरु तालिममा सहभागी रहेको रोयम नेपालका विजय तामाङले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट