सेयर बजारमा १७ अङ्कको गिरावट

  • २०८१ अषाढ २, आईतबार (५ महिना अघि)
  • १८३ पटक पढिएको
सेयर बजारमा १७ अङ्कको गिरावट

काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको छ ।

Advertisement

आज होटल बाहेक सबै समूहको सेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, उत्पादन, विकास बैंक समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय १७ वटा कम्पनीको १ करोड ३२ लाख कित्ता सेयर ५ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३० करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट