धादिङको बेनीघाटमा शैक्षिक सामाग्री निर्माण तथा अभिभावक शिक्षा तालिम सुरु

  • २०८१ अषाढ ३, सोमबार (४ महिना अघि)
  • १५५ पटक पढिएको
धादिङको बेनीघाटमा शैक्षिक सामाग्री निर्माण तथा अभिभावक शिक्षा तालिम सुरु

धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिकामा बाल बिकास शिक्षहरुको लागि ५ दिने शैक्षिक सामाग्री निर्माण तथा अभिभावक शिक्षा तालिम भएको छ । सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना गाउँपालिकाको समन्वय, चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा तालिम सुरु गरिएको हो ।

Advertisement

कार्यक्रमको सम्बोधन गर्दै बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि जिम्मेवारीपुर्वक काम गरि रहेकोे बताए । बालबालिका र शिक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम थालनी गरेको, बालबालिकाहरुको शिक्षाको जग बाल विकास कक्षा भएकाले पालिकाले विकास साझेदारहरुसँग समन्वय तथा सहकार्य समेत गरि शैक्षिक सुधारमा केन्द्रित भएर काम गरिरहेको उनले बताए ।

सामुदायिक विद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल बताए ।
२ वर्ष वा १ हजार दिनमा ८० प्रतिशत र ५ बर्षमा ९० प्रतिशत मष्तिकको विकास हुने समयावधि भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि बेनिघाट रोराङ गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए ।

चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनारले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर काम गरिएको बताए ।
बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह ,अभिभावकसँग नियमित छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापाले सहजिकरण गरेकी छिन् । यो तालिम असार ६ गते सम्म संचालन हुने प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङल जानकारी दिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट