मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

  • २०८१ अषाढ ३, सोमबार (३ महिना अघि)
  • १२१ पटक पढिएको
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

काठमाडौं– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ । ५६ वर्षीय गच्छदारको आज दिउँसो निवासमै निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए ।

Advertisement

गएको माघ १० गते राष्ट्रिय सभा चुनावका लागि विराटनगर आएका अध्यक्ष गच्छदार लडेर अचेत भएका थिए । त्यसपछि उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएकोमा गएको जेठ १ गते घर लगिएको थियो ।

अध्यक्ष गच्छदारलाई ‘ब्रेन ह्याम्रेज’ भएको डाक्टरले बताएका छन् । गच्छदार २०७९ सालको पालिका चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट