ट्रक दुर्घटनाका घाइतेको उपचारमा साढे २५ लाख सहयोग जुट्यो

ट्रक दुर्घटनाका घाइतेको उपचारमा साढे २५ लाख सहयोग जुट्यो

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउनेखोला नजिक भएको मिनीट्रक दुर्घटनाका घाइते र मृतक परिवारका लागि सहयोग जुटाइएको छ । दुर्घटना पश्चात वडा अध्यक्ष राम कुमार श्रेष्ठको नेतृत्वमा संचालन गरिएको उद्दार, उपचार तथा आर्थिक संकलन अभियानबाट देशविदेशमा रहेका नेपाली नागरिक, विभिन्न सामाजिक संस्था र व्यक्तिहरुबाट हालसम्म साढे २५ लाख रकम सहयोग संकलन गरिएको हो ।

Advertisement

हालसम्म बैक खातामा १५ लाख ३४ हजार चार सय ९१ र नगद १० लाख १५ हजार नौं सय ७३ गरी २५ लाख ५० हजार चार सय ६४ रुपैंया संकलन भएको सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । वडामा कृयाशिल राजनीतिक दल, सामाजिक अभियान्ताहरु, गाउँबासी सबैको सहयोग र पहलमा संकलन भएको अध्यक्ष श्रेष्ठले बताए ।

पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका नौं जना मध्ये सन्तोष रम्तेल, गोपी रम्तेल, विष्णु श्रीमल र प्रितम मजकोटीको मृत्यु भएको थियो ।

दुर्घटनामा परि घाईते भएकाहरु मध्ये १४ वर्षिय कृष्ण रम्तेलको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने सुदिप मजकोटी, हिरा रम्तेल, बिमल मजकोटी, सुजन रम्तेल उपचारपछि घर फर्किएका छन् । बाँकी रहेको रकमले थप उपचारमा सहयोग गर्ने र त्यसपछि पनि केही रकम बाँकी बस्यो भने घाइते र मृतकका परिवारसँग सल्लाह गरी निर्णय गरिने वडा अध्यक्ष श्रेष्ठको बताए ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट