काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभाबी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा उनले गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो ।
सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरूको जथाभाबी सरुवा किन गर्नुप¥यो भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप