भ्रष्टाचारविरोधी अभियन्ता बनेर रकम असुल्ने ४ जना पक्राउ

  • २०८१ अषाढ ४, मंगलबार (३ महिना अघि)
  • १२० पटक पढिएको
भ्रष्टाचारविरोधी अभियन्ता बनेर रकम असुल्ने ४ जना पक्राउ

काठमाडौं– आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाडौंबाट पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूले ‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामा समेत विस्तार गरेका थिए ।

सरकारी कार्यालय, पालिका, विद्यालय, सङ्घ–संस्था, कम्पनी, टोल सुधार संस्थालगायतमा गएर ‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार र घुसखोरीको उजुरी परेको छ, हामीले अनुसन्धान गर्ने हो’ भन्दै रकम असुली माग्ने गरेको प्रहरीले जनाएको छ । आफूहरूले भनेअनुसारको रकम नदिएमा छानबिन गरेर मुद्दा हालिदिने धम्की पनि उनीहरूले दिँदै आएका थिए ।

यस्तै विभिन्न व्यक्तिको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै हैरानी दिने कामसमेत गरेकाले चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट