सुदूरपश्चिमका पहाडी जिल्लामा डेंगु संक्रमित बढ्दै

  • २०८१ अषाढ ५, बुधबार (४ महिना अघि)
  • १४२ पटक पढिएको
सुदूरपश्चिमका पहाडी जिल्लामा डेंगु संक्रमित बढ्दै

काठमाडौं– लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको हो ।

Advertisement

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको संक्रमण पनि बढ्दै गएको बताए । उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना संक्रमति फेला परेका उनले जानकारी दिए ।

निर्देशनालयको तथ्यांकअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा संक्रमण देखिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट