काठमाडौं– नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा उक्लिएका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन ।
दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका छन् । टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा अन्तर्राष्ट्रियका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् ।
यस्तै ब्याटिङ वरियतामा पनि पाँच स्थान सुधार गरेर ऐरी ४६औं स्थानमा पुगेका छन् । टी–२० को बलिङ वरियतामा पनि दीपेन्द्रले २७ स्थान सुधार गरेर ९६ स्थानमा पुगेका छन् । दीपेन्द्रभन्दा अघि नेपालका सोमपाल कामी आठ स्थान सुधार गरेर ९१ औं स्थानमा पुगेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप