एजेन्सी– रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् ।
दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड जेलमा राखिएको थियो ।
यसअघि भएको लोकसभा चुनावका लागि उनले २१ दिनको जमानत पाएका थिए । चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनी फेरि जेल गएका थिए । अहिले फेरि उनले जमानत पाएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप