काठमाडौं – आजदेखि मेलम्ची नदीको पानी काठमाडौं पठाउन बन्द गर्ने भने पनि तत्काल बन्द नहुने भएको छ ।
आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर काठमाडौं उपत्यकामा पानी पठाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
बाग्मती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो ।
गएको जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकोमा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । तर, नदीमा पानी धमिलो भएमा जुनसुकै बेला बन्द गरिने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप