सरकारले निःशुल्क शिक्षामा जोड दिएको छः सामाजिक विकास मन्त्री कुमारी मुक्तान

  • २०८१ अषाढ ७, शुक्रबार (३ महिना अघि)
  • १९८ पटक पढिएको
सरकारले निःशुल्क शिक्षामा जोड दिएको छः सामाजिक विकास मन्त्री कुमारी मुक्तान

काठमाडौं– बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सरकारले निःशुल्क शिक्षामा जोड दिएकोे बताएकी छिन् । शिक्षा पुगेको ठाउँ उज्यालो हुने भन्दै संविधानले दिएको अधिकार सुनिश्चित गर्न निःशुल्क शिक्षामा जोड दिएको उनले बताइन् ।

Advertisement

धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत विद्यालयहरुको आधारभूत तहमा अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा कार्यक्रमको उद्घाटन समारोहको सम्बोधन गर्दै उनले यस्तो बताइकी हुन् ।

‘शिक्षा पुगेको ठाउँ उज्यालो हुन्छ । तर अरु जुन सुकै विकास भए पनि शिक्षा छैन भने अन्धकार नै हो’ उनले भनिन्– ‘बेनीघाट रोराङ गाउँपालिकाले जुन उज्यालो छर्ने काम गरेको छ । यो निःशुल्क तथा अनिवार्य शिक्षा घोषणाले गाउँपालिकाको प्रगतीको पाटोमा यो कोसे ढुङ्गा सावित हुन सक्छ ।’

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धी मौलिक हकमा उल्लेख गरिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनले जीवनोपयोगी, प्रतिस्पर्धी एवम् गुणस्तरीय शिक्षामा जोड दिँदै सबै बालबालिकाको शिक्षामा सरल एवम् समतामूलक पहुँच सुनिश्चित गनुपर्ने उनले जोड दिइन् ।

 

‘निःशुल्क शिक्षाले सरकार कहाँ छ भन्ने अनुभूति मात्र भएको छैन । सबैलाई शिक्षाको पहँुचमा ल्याउने बलियो आधार पनि भएको छ’ उनले भनिन्– ‘अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ मा २०८५ साल वैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति कुनैपनि सरकारी सेवा, सुविधा र अवसरबाट बञ्चित हुने प्रावधान रहेको बताउँदै मन्त्री मोक्तानले सबै पालिकामा निःशुल्क शिक्षामा जोड दिदै आएका छौं ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट