बेनीघाट रोराङ गाउँपालिका निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा

  • २०८१ अषाढ ७, शुक्रबार (३ महिना अघि)
  • २३८ पटक पढिएको
बेनीघाट रोराङ गाउँपालिका निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत विद्यालयहरुको आधारभूत तहमा अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गरेको छ । शुक्रबार एक कार्यक्रमकाविच बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अनिवार्य तथा निशुल्क शिक्षा पालिका घोषणा गरेका हुन् ।

Advertisement

अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा कार्यक्रमको उद्घाटन समारोहको सम्बोधन गर्दै उनले सरकारले निःशुल्क शिक्षामा जोड दिएकोे बताएकी छिन् । शिक्षा पुगेको ठाउँ उज्यालो हुने भन्दै संविधानले दिएको अधिकार सुनिश्चित गर्न निःशुल्क शिक्षामा जोड दिएको उनले बताइन् ।

‘शिक्षा पुगेको ठाउँ उज्यालो हुन्छ । तर अरु जुन सुकै विकास भए पनि शिक्षा छैन भने अन्धकार नै हो’ उनले भनिन्– ‘बेनीघाट रोराङ गाउँपालिकाले जुन उज्यालो छर्ने काम गरेको छ । यो निःशुल्क तथा अनिवार्य शिक्षा घोषणाले गाउँपालिकाको प्रगतीको पाटोमा यो कोसे ढुङ्गा सावित हुन सक्छ ।’

त्यसैगरी, बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महा निर्देशक दिपेन्द्र सुवेदीले अनिवार्य र निःशल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व रहेको बताउँदै सबै बालबालिकाहरुलाई आधारभूत तहसम्म विद्यालय पठाउनु आम नागरिकको कर्तव्य रहेको जिकिर गरेका छन् । निशुल्क शिक्षा भन्दा पनि आगामी दिनमा सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन चुनौति रहेको उनले बताए ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, निःशुल्क माध्यमिक शिक्षा हामी सबैको इच्छा भन्ने गाउँपालिको नारालाई आजबाट मूर्त रुप दिएको बताएका छन् । बेनिघाट रोराङ गाउँपालिकनमा विद्यालय बाहिर रहेका सम्पूर्ण बाल बालिकाहरुलाई विद्यालयमा भर्ना गर्न शिक्षक, विद्यार्थी अभिभावक, जनप्रतिनिधि तथा सबै सरोकारवालाहरुको साझा प्रतिबद्धता पुरा गर्न उनले आग्रह गरे ।

त्यस्तै, निशुल्क तथा अनिवार्य शिक्षा घोषणाले आर्थिक अभावका कारण शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई समेट्ने हुदा सिमान्तकृत चेपाङ समुदाय बढी लाभान्वित हुने बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए । विहान बेलुकाको गुजारा कसरी चलाउने भन्ने समुदायलाई निशुल्क शिक्षा दिन पाउनु भनेको भोलिको भविष्य उज्वल र सुन्दर बनाउनु रहेको उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट