काठमाडौं– कास्कीको पोखरामा ’राइड सेयरिङ’ एप मार्फत् यात्रु बोक्ने काम तत्कालका लागि सञ्चालनमा रोक लगाइएको छ । अनधिकृत रूपमा ’एप’ मार्फत् भइरहेको ’राइड सेयरिङ’ गरी यात्रु बोक्ने काम तत्कालका लागि बन्द गरिएको यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।
कार्यालयले एक सूचनामार्फत ’एप’ बाट यात्रु बोक्ने काम तत्कालका लागि बन्द गर्न अनुरोध गरेको छ । सूचनाको अटेर गरी यात्रु बोक्नेलाई कारबाही गर्ने सूचनामा उल्लेख छ ।
यातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानुन विपरीत निजी साधनले ’राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताए । सूचनाको पालना भए÷नभएको बारेमा प्रहरीको सहयोगमा अनुगमन गर्ने पनि उनले बताए ।
नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु लगायत ’राइड सेयरिङ’ एप सञ्चालनमा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप