काठमाडौं– बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका– १० महरागाउँका ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए ।
बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप