काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका–२ मा छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका छन् ।
आइतबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछानेलाई रुलिङ गरेका हुन् ।
आजको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप