धादिङ- खनियाँवास गाउँपालिका ३ चौकीमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुरु भएको छ । समुहका पदाधिकारीको क्षमता अभिवृद्धि गरी पशु र कृषिमा उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि २ नेतृत्व विकास तालिम संचालन गरिएको होे । २ दिने तालिममा २१ जनाको सहभागीता रहेको छ । तालिमका अध्यक्ष समेत रहेका सुकबहादुर तामाङले प्राविधिक ज्ञान र प्रविधिलाई जोडेर लैजान सके कृषिमा आत्मनिर्भर बन्न बन्न सकिने बताए ।
नेतृत्व विकास तालिममा नेता, नेतृत्व, नेतृत्वका गुणहरु, समुह, समुहको संस्थागत विकास, बैठक संचालन प्रक्रिया, समुहको पदाधिकारीहरुको काम, कर्तव्य, अधिकार, उत्तरदायित्व, समुहको निति नियमहरु लगायतका विषयमा सहजकर्ता रेनुका रुपाखेती र प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङले सहजिकरण गरेका छन् ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी दिए ।
कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पुर्याउने उदेश्यले धादिङ जिल्लाका खनियावास र गंगाजमुना गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप