हज यात्रामा ज्यान गुमाउने तीर्थयात्रीको संख्या १३ सय नाघ्यो

  • २०८१ अषाढ १०, सोमबार (९ महिना अघि)
  • ३०३ पटक पढिएको
हज यात्रामा ज्यान गुमाउने तीर्थयात्रीको संख्या १३ सय नाघ्यो

काठमाडौं– साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएका छन् । साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ ।

Advertisement

गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हजयात्रा भएको हो । जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरु गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ । मृतकमध्ये केही वृद्ध र बिरामी समेत रहेका थिए ।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल–जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए । स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ, जसमध्ये १ लाख ४० हजार विना अनुमति यात्रा गर्ने व्यक्ति रहेको साउदी सरकारले बताएको छ ।

हजयात्राका क्रममा लगातार मृत्यु हुने र विशेषगरी अनुमतिबिना आउने मानिसलाई सुविधा नदिएको भन्दै साउदी अरेबियाको आलोचना भइरहेको छ ।

हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन् । इजिप्टका अहिलेसम्म ६५८ हज यात्रीको मृत्यु भएको बताइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट