काठमाडौं– आगामी कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।
विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहने छ ।
हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्दै राति २ बजेसम्म चल्दै आएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप