वडाध्यक्षबीच कुर्सी हानाहान भएपछि जीतपुरसिमरा उपमहानगरको नगरसभा स्थगित

  • नेपाल पथ
  • २०८१ अषाढ १०, सोमबार (५ महिना अघि)
  • २०१ पटक पढिएको
वडाध्यक्षबीच कुर्सी हानाहान भएपछि जीतपुरसिमरा उपमहानगरको नगरसभा स्थगित

काठमाडौं– बाराको जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको छ । आज बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका थिए ।

Advertisement

नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए । उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् ।

यसरी तोडफोड र विरोधमा उत्रने वडाध्यक्षहरुमा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत छन् ।

वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट