सेयर बजारमा सामान्य वृद्धि

  • २०८१ अषाढ १०, सोमबार (५ महिना अघि)
  • १८० पटक पढिएको
सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं – सेयर बजार आज सामान्य बढेको छ । आज सेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंकिङ, होटल, लगानी, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नेपाल फाइनान्स र गणपति लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर भने ७ प्रतिशतले घटेको छ ।

आज ३ सय २२ वटा कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५ अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट