काठमाडौं– स्थानीय तहमा क्रियासिल सामाजिक संस्था प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल) धादिङले मंगलबार बेनिघाटरोराङ गाउँपालिका– ६ स्यादुलमा सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ ।
बेनिघाटरोराङ गाउँपालिका–६ स्यादुलमा रहेको सिकाई केन्द्रको सभाहलमा भएको सामाजिक परिक्षणमा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखा परिक्षण गर्न सामाजिक लेखा परिक्षण गर्ने गरिएको संस्थाको अध्यक्ष कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
सामाजिक लेखापरीक्षण संस्थाको सरोकारवाला तथा लाभान्वित समूहप्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न, लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सृजना गर्न सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएका हो ।
यसका साथै समुदायहरुलाई प्रश्न गर्ने तथा आफ्नो अधिकारको माग राख्ने अवसरको रुपमा एउटा सामाजिक मञ्च प्रदान गर्न, स्थानीय स्तरमा प्रजातन्त्रलाई प्रर्वद्धन गर्न,संस्थालाई सामूहिक निर्णय प्रक्रिया तथा जिम्मेवारी वहन गर्न प्रोत्साहन गर्न, मानव श्रोत र सामाजिक पुंूजीको विकास गर्न,संस्थागत सुशासनलाई सशक्त बनाउंन र संस्था,समुदाय र सरोकारवालावीच मित्र शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताए ।
संस्थाले आ.ब. ०८०÷०८१ मा शिक्षा बिषयगत क्षेत्र अन्र्तगत शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्र्तगत संचालित कार्यक्रमको प्रगति तथा आर्थिक विवरण प्रस्तुत गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा बेनिघाटरोराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, विद्यालयका प्रध्यानाध्यापक, शिक्षकहरु, प्रतिनिधीहरु, बाल विकास सहजकर्ताहरु, बालक्लबका पदाधिकारीहरु, बालक्लब फोकल शिक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र लक्षित समुदायका व्यक्तिहरुसहित ४१ जनाको उपस्थिति रहेको थियो ।
पत्रकार महासंघका सदस्य अनिल नेपालीको सहजिकरणमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रष्ट पारेको बेनिघाटरोराङ गाउँपालिका स्यादुलबाट प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत बिनोद पोखरेलले जानकारी दिए ।
प्रयास नेपालले समुदायप्रति उत्तरदायी, पारदर्शी बन्दै उनीहरूको चासोप्रति सम्वेदनशील, जवाफदेहीता र उत्तरदायित्व बन्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।