काठमाडौं– कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जोशीपुर गाउँपालिका– ३ भितरिया बस्ने वर्ष ३१ का जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ बस्ने वर्ष २७ का शालिम चौधरीको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार बुधवार बिहान साढे ७ बजे डगौरालाई घर नजिकैको खेतमा आलि लगाउने क्रममा चट्याङ लागेको थियो । घाइते उनलाई उपचारका लागि स्थानीय महापार्वती क्लिनिकमा लगेपनि उपचार क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
यस्तै बुधवार बिहान ८ बजेको समयमा शालिम चौधरीलाई पनि घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको बोहराले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।