काठमाडौं– देशका ४ जिल्लामा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको हो ।
महाशाखाले दिएको विवरणअनुसार पाल्पाको बल्ड्याङ्दी स्टेनसनमा गरिएको रेकर्ड अनुसार पछिल्लो १२ घण्टामा १२६.८ मिलिमिटर वर्षा भएको छ ।
यस्तै कल्याणपुर स्टेनमा १६०.६, चितवनको गोविन्द बस्ती र चर्चरे स्टेसनमा गरिएको रेकर्डअनुसार पछिल्लो १२ घण्टामा क्रमशः १५५.८ र १२४ मिलिमिटर वर्ष भएको छ ।
यस्तै झापाको केचनकबलमा १२६.४ र कास्कीको लामापाटनमा ६७.४ मिलिमिटर वर्षा भएको छ । ती स्थानमा चेतावनी जारी गर्दै सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । अन्य स्थानमा भने खतराको लेबलभन्दा कम वर्ष भएको छ ।
यसैबिच सुनसरी जिल्लास्थित सुनसरी खोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहभन्दा माथि रहेको भन्दै साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।