काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) समझदारी संसदमा पेश गर्न माग गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सन् २०१७ मे १२ तारेखमा नेपाल र चीन सरकारबीच भएको समझदारी (एमओयू) संसदमा पेश गर्नुपर्ने बताएका हुन् ।
‘सन् २०१७ मे १२ मा एमओयू साइन भएको थियो, त्यो डकुमेन्ट हाम्रो संसदमा उपलब्ध छैन, त्यो हामी सार्वभौम नेपालीले हेर्ने गरी र सार्वभौम संसदले पढ्ने गरी उपलब्ध गराइदिन रुलिङ होला भन्ने अपेक्षा गरेको छु’, उनले भने ।
अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा वादविवाद र छलफल भएजस्तै बीआरआईको डकुमेन्टमाथि पनि छलफल हुनुपर्ने सांसद बजगाईंको भनाइ छ ।
उनले एमसीसी र बीआरआई प्रतिस्पर्धी नभएको यिनीहरुमा फरक रहेको बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप