काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधि र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगर सभा बैठक बोलाएका थिए । गएको सोमवारको नगर सभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई शाहले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।
मेयरले शाहले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाएका छन् । प्रस्ताव गरेको र आफूले स्वतन्त्र शहीदहरूको नामबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदा बैठक स्थगित भएको दाबी गरेका छन् ।
दलका प्रतिनिधिले बोलाइएको बैठकमा मेयर शाह नआएपछि आफूहरू फर्किएको दाबी गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप