काठमाडौं– सामुदायिक विद्यालयहरूमा शिक्षक अभाव हुँदा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले तत्काल शिक्षक दरबन्दी बढाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गणित, विज्ञान र अङ्ग्रेजी विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएकाले तत्काल यी विषयका शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैगरी सांसदहरुले धार्मिक पर्यटन बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू लगायतलाई घरघरमै गएर राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाउनुपर्ने, किसानहरूलाई रासायनिक मल सहजरुपमा पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक असार १६ गते आइतबार दिउँसो ३ बजे बस्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।