काठमाडौं– गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुर, उनकी श्रीमती, जेठी बुहारी र दुई नातिनीको मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा तीन छोरा र एक बुहारी भारतमा रहेका बेला यता भेषबहादुरका पाँच जनाको परिवार पहिरोमा पुरिएका हुन् ।
पहिरोले घर पुर्दा घरमा रहेका ५५ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४८ वर्षीया सुन्तली बिक, २६ वर्षीया बुहारी सीता बिक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी बिपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
घरमाथिबाट ढुंगा, माटोसहितको पहिरोले ढुङ्गा माटोले बनेको र जस्तापाताले छाएको दुई तले घर पुरेको हो ।
नेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।