काठमाडौं– प्रहरीले जोगीको भेषको आवरणमा चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको हरियाणा घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना छन् । उनीहरूलाई प्रहरीले नयाँबस्तीबाटै पक्राउ गरेको हो ।
गत बिहीबार काठमाडौं–३० स्थित सेतोपुल नजिक डेरा गरी बस्ने सिन्धुलीकी उर्मिला श्रेष्ठको कोठामा भिख माग्न आएका अपरिचित दुई जना जोगीहरूले उनले कानका दुवै पट्टीको सुनको रिङ्ग खोली चोरी गरी फरार भएका थिए । प्रहरीमा खबर आएपछि प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सुनसहित पक्राउ गरेको हो ।
चोरी भएको सुनको तौल १० आना रहेको मुल्य अन्दाजी ९५ हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ। उनीहरूमाथि प्रहरी वृत्त मालिगाउँले थप अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।