काठमाडौं– नेपालबाट ११ महिनाको अवधिमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको अलैँची (ठुलो) निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू वर्ष २०८०–८१ को साउनदेखि जेठसम्म ७ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको अलैँची निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ४७ लाख २० हजार किलोग्राम अलैँची निर्यात भएको तथ्याङ्क छ । नेपालबाट निर्यात भएको अलैँची सबैभन्दा धेरै भारत जाने गरेको छ । भारतमा ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।
यसबाहेक पाकिस्तानमा ११ लाख रुपैयाँको निर्यात हुँदा जापानमा २७ लाख ८१ हजार रुपैयाँको अलैँची निर्यात भएको तथ्याङ्क छ ।
यस्तै यस अवधिमा विदेशबाट साढे २ लाख रुपैयाँ बराबरको ठुलो अलैँची आयात भएको छ । यस्तै यस अवधिमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सानो अलैँची (सुकुमेल) आयात भएको तथ्याङ्क छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।