काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ८० वर्ष माथिका जेष्ठ नागरिकका स्वास्थ्य परिक्षण गरिएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्था परिक्षण गर्दै सम्मान स्वरुप खाद्य तथा दैनिक जीवनमा आवश्यक सामाग्री वितरण गरिएको हो ।
जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन घरदैलो कार्यक्रम गरिएको नीलकण्ठ नगरपालिकाका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘जेष्ठ नागरिक समाजको मार्गदर्शक हुन् । उहाँहरुको अनुभव र सल्लाहले समाज तथा वडालाई समृद्ध बनाउन ठूलो सहयोग र योगदान रहेको छ’ उनले भने– ‘वडाले जेष्ठ नागरिकका लागि त्यस्तो ठूलो काम त केही गर्न सकेका छैनौं । तर उहाँहरुको सम्मान स्वरुप चिकित्सकको टोलीसहित हामी घरदैलोमै पुगेर स्वास्थ्य परिक्षण तथा दैनिक जीवनमा आवश्यक कुखुराको अण्डा, झुल, चिनी, चियापति, मन्जन, ब्रस, सावुन, विस्कुट सामाग्री वितरण गरेका हौं ।’
वडा भित्र रहेका ८० वर्ष माथिका ६६ जना मध्ये ३७ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको वडा सदस्य सन्तोष थापाले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको चिकित्सकको टोलीले स्वास्थ्य परिक्षण गरेका हुन् । औषधिहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट उपलब्ध गरिएको हो । २१ असारसम्म सबै जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरि सामाग्रीहरु वितरण गरिने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।