भारत दोस्रो पटक विश्व विजेता बन्यो

  • २०८१ अषाढ १६, आईतबार (३ महिना अघि)
  • १५४ पटक पढिएको
भारत दोस्रो पटक विश्व विजेता बन्यो

काठमाडौं- आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि हात पारेको हो ।

Advertisement

टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्र बनाउन सफल भयो । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

भारत दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डले यो उपलब्धि हासिल गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट