असई थमन विकको हत्या आरोपमा मधेस प्रदेशका पूर्वसांसद कौशलकुमार यादव पक्राउ

  • २०८१ अषाढ १६, आईतबार (४ महिना अघि)
  • १३१ पटक पढिएको
असई थमन विकको हत्या आरोपमा मधेस प्रदेशका पूर्वसांसद कौशलकुमार यादव पक्राउ

काठमाडौं– सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा प्रहरीले मधेस प्रदेशका पूर्वसांसद कौशलकुमार यादवलाई पक्राउ गरेको छ ।
घटना भएको ८ वर्षपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवलाई पक्राउ गरी आइतबार जिल्ला अदालतमा उपस्थित गराएको डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

Advertisement

उनी महोत्तरी क्षेत्र नम्बर ४ (१) बाट मधेस प्रदेश सभा सदस्य बनेका थिए । २०७२ साल भदौ २५ गते असई विकको हत्या भएको थियो ।

शनिबार राति सवा १० बजेतिर सम्सी गाउँपालिका वडा नम्बर ५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कार्पियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ००४५ नम्बरको महेन्द्र पिकअप गाडीले ठक्कर दिएको थियो ।

ठक्कर दिने गाडीको खोजी गर्दा उक्त गाडीमा यादव सवार रहेको खुलेको हो । उनले मापसे गरी सवारी चलाएका थिए । प्रहरीले दुर्घटना गराएर भागेका व्यक्तिको खोजी गर्दा हत्या आरोपमा फरार समेत रहेका यादवलाई पक्राउ गरेको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट