काठमाडौं– महाकाली नदीमा डुबेर एक मजदुर बेपत्ता भएका छन् । आइतबार दिउँसो कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ ऐरी क्षेत्रको महाकाली नदीमा डुबेर सुर्खेत बराहताल गाँउपालिका– ४ साँझघाटका ४५ वर्षीय धनबहादुर गुरुङ वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार गुरुङ निर्माणाधिन महाकाली चारलेनको पुलमा काम गर्दै आएका थिए । गुरुङको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले महाकालीमा वेपत्ता गुरुङ्गको खोजीकार्य गरिरहेको छ । आइतबारदेखि महाकाली नदीको सतह वृद्धि भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप