काठमाडौं– सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ । उनका बुबा रमेश विक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए ।
प्रिन्सको घटनास्थलमै निधन भएको हो । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप