काठमाडौं– नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने पार्टीले जनाएको छ । यी दस्तावेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।
महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसँग महासचिव घनश्याम भुसालले पनि दाबी गर्ने तयारी गरेका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । झन्डै तीन वर्षअघि एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीको महाधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।