काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकाले नगरभित्र जन्मिएका बालबालिकाका लागि पाँच हजार रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ ।
गएको वर्ष साउन १ गतेपछि जन्मिएका नगर क्षेत्रमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाका लागि चन्द्रागिरि नगरपालिकाले थानकोटमा शाखा रहेको एनआईसी एशिया बैंकमा खाता खोली एकमुष्ट जम्मा गरिदिने भएको हो ।
चन्द्रागिरि नगरपालिका निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा अनुदान सञ्चालन कार्यविधि २०७८ अनुसार बालबालिका १८ वर्ष पूरा भएपछि आर्थिक सामाजिक सुरक्षाका लागि यो कार्यक्रम लागू गर्न लागिएको मेयर घनश्याम गिरीले जानकारी दिए ।
२०८० साउन १ गतेयता चन्द्रागिरि नगरपालिकामा ८० जना बालबालिकाको जन्म दर्ता भए बमोजिम उनीहरूको बैंक खाता खोली रकम बचतको प्रक्रिया सुरु हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।