एक लाख घुससहित फुङलिङ नगरपालिकाका इन्जिनियर पक्राउ

  • २०८१ अषाढ १८, मंगलबार (१० महिना अघि)
  • २३२ पटक पढिएको
एक लाख घुससहित फुङलिङ नगरपालिकाका इन्जिनियर पक्राउ

काठमाडौं– एक लाख घुससहित ताप्लेजुङको फुङलिङ नगरपालिकाका सिविल इञ्जिनियर अख्तर हुसैन पक्राउ परेका छन् । सेवाग्राहीसँग एक लाख घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

सेवाग्राहीले उजुरी दिएपछि हुसैनलाई नियन्त्रणमा लिँदै अख्तियार टोलीले छापा मारेको थियो । हुसैन फुङलिङ नगरपालिका–२ स्थित निर्माणाधीन रंगशाला (खेलमैदान)को योजनामा एक लाख रुपैयाँ मागेको रकमसहित पक्राउ परेका हुन् ।

सो रंगशालाको आसपास ६ लाख ६४ हजार रुपैयाँ बराबरको माटो कटिङको काममा निर्माण व्यवसायीबाट २० प्रतिशतले हुन आउने रकम लिएको अभियोगको आधारमा अख्तियारले छापा मारी पक्राउ गरेको हो ।

निर्माण व्यवसायी वीरबहादुर तामाङले लिएको ठेक्कामा इन्जिनियर हुसैनले महालेखा परिक्षकलाईसमेत दिनुपर्ने भन्दै योजनाको प्राविधिक पास नगर्ने धम्की दिएपछि बाध्य भएर एक लाख रुपैयाँ दिएको बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट