काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको कारभित्र अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु फेला परेको छ । सदरमुकामको बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नंको गाडीमा उक्त सामान फेला परेको हो ।
आज दिउँसो ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश कारभित्र राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले बताएका छन् ।
सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेश कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार डिस्पोजल टोली घटनास्थलमा पुगेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।