काठमाडौं– नागढुंगा– नौबिसे सडकखण्ड (त्रिभुवन) राजपथ अन्तर्गत नौबिसे खोला पुलको काम गर्नुपर्ने भन्दै दुई रात बन्द हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पुलको ग्रिडर लन्चिङ गर्ने भएकाले बुधबार र बिहीबार राति सडक बन्द रहनेछ ।
राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्ने डिएसपी मिश्रले जानकारी दिए । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोकिने जनाएको छ ।