आयुर्वेद उपचारप्रति सेवाग्राहीको आकर्षण बढ्दै

  • २०८१ अषाढ २०, बिहिबार (२ महिना अघि)
  • १५४ पटक पढिएको
आयुर्वेद उपचारप्रति सेवाग्राहीको आकर्षण बढ्दै

काठमाडौं- आयुर्वेद चिकित्सा सेवा लिने सेवाग्राहीहरु बढ्न थालेका छन् । धादिङमा आयुर्वेद संस्थाहरुबाट यो वर्ष ५९ हजार आठ सय २१ जनाले सेवा लिएका छन् । जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट मात्रै २३ हजार पाँच सय ४६ जनाले सेवा लिएका छन् ।

Advertisement

नागरिक आरोग्य सेवा केन्द्रबाट ११ हजार पाँच सय ७३ र आयुर्वेद औषधालयबाट २४ हजार सात सय दुई जनाले सेवा लिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डाक्टर अमूल्य दाहालले बताए । ‘पछिल्लो समयमा विरामीको चाप बढ्न थालेको छ । सोहि कुरालाई मध्यनजर गरी चिकित्सालयले १६ बेडको अस्पताल सन्चालनको तयारी गरेको छ । जग्गा पनि व्यवस्था भइ सकेकोले छिट्टै भौतिक संरचना पनि बनाउने तयारी भइ रहेको छ । हाल भाडाको घरमा भए पनि थप व्यवस्थित गर्न लागिएको हो’ उनले भने ।

धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्थाहरू छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सन्चालनमा रहेको छ । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीहरुलाई चौविसै घण्टा सेवा दिन सकिने उनले बताए । ‘१६ सैयाको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको छ । औषधिको विविधता तथा परिमाण आवश्यकता भन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज रुपले सेवा दिन अप्ठ्यारो हुने गरेको छ’ उनले भने– ‘वैकल्पिक उपचार विधि अन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याव, अकुपंचर सेवा, पुर्वकर्म र पंचकर्म सेवा, फिजिओथेरापी लगायतको निशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्ष भन्दा माथीका स्वस्थ व्यक्तिको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।’

पत्रकारहरुसँगको अन्तरक्रियामा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले आयुर्वेद उपचारको प्रचार बढेसँगै संस्थाहरुमा विरामीको चाप बढेको बताए । ‘प्रचारप्रसार भएसँगै आयुर्वेदको फाइदाका विषयमा आम नागरिकले बुझ्न थाले । थोरै खर्च र सहजता पनि छ । अन्तिम तर विकल्पको रुपमा मानिसहरुले आयुर्वेदलाई लिएका छन् । बुझ्नेहरुले आयुर्वेद सेवा लिएका कारण विरामीको चाप बढेको हो’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट