अपाङ्गता भएकालाई घरमै पुगेर खाद्य तथा आवश्यक सामाग्री वितरण

  • २०८१ अषाढ २०, बिहिबार (२ महिना अघि)
  • १३८ पटक पढिएको
अपाङ्गता भएकालाई घरमै पुगेर खाद्य तथा आवश्यक सामाग्री वितरण

धादिङ– अपाङ्गता भएका नागरिकलाई घर घरमा पुगेर खाद्य तथा दैनिक जीवनमा आवश्यक सामाग्री वितरण गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का अपाङ्गता सम्बन्धि ख, ग, र घ परिचयपत्र प्राप्त नागरिकहरुलाई सामाग्री वितरण गरिएको हो ।

Advertisement

अपाङ्गता भएका नागरिकहरुका लागि घरदैलो कार्यक्रम गरि सम्मान स्वरुप खाद्य तथा दैनिक जीवनमा आवश्यक सामाग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘अपाङ्गता भएका नागरिकहरुको दैनिकी सहज होस् भनेर हामी घरदैलोमै पुगेर दैनिक जीवनमा आवश्यक कुखुराको अण्डा, झुल, चिनी, चियापति, मन्जन, ब्रस, सावुन, विस्कुट लगायत सामाग्री वितरण गरेका हौं ।’

‘अपाङ्गता भएका वडामा ३३ जना छन् । हालसम्म २३ जनालाई वितरण गरिएको छ । बाँकीलाई एक साताभित्रमा वितरण गर्छाै । छुटेर वडामा आएकाहरुलाई पनि वितरण गरिएको छ’ वडा सदस्य सन्तोष थापाले भने– ‘केन्द्रमा तथा औपचारिक कार्यक्रम गर्दा अनुगमन, खाजा, यातायात लगायतका शिर्षकमा बढी खर्च हुन्छ । तर घर दैलो कार्यक्रम गर्दा प्रत्यक्ष रुपमा लाभान्वित समुदायले सहज र बढी लाभ लिन पाउनुु भयो । फजुल खर्च भन्दा पनि उहाँहरुको आवश्यकतालाई मध्यनजर गरि सेवालाई अझै प्रभावकारी बनाउन घर दैलो कार्यक्रम मार्फत वितरण गरिएको हो ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट