५० लाख नगद र सुनसहित ५ जना पक्राउ

  • २०८१ अषाढ २१, शुक्रबार (४ महिना अघि)
  • ११३ पटक पढिएको
५० लाख नगद र सुनसहित ५ जना पक्राउ

काठमाडौं– अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ ।

Advertisement

ललितपुर उपमहानगरपालिका–१४ ताल्छिखेलमा निर्माणाधीन घरमा हिजो छापा मार्दा शङ्कास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट झन्डै १ सय ७० ग्राम सुन, २ सय ४६ ग्राम चाँदी, सुन गाल्ने मेशिन, डिजिटल तराजु र ५० लाख चार हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन् ।

छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २८ वर्षीय विभूतेसहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुर महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

प्रहरीले चेकबुक, बैंकमा नगद जम्मा गरेको भौचरसमेत बरामद गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट