काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । गएको १६ गते सुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले आज ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।
९३ जना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथ ग्रहण गराएका छन् । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको पार्टीले बाँकी सदस्य आउँदो १० दिनभित्र पूर्णता दिने जनाएको छ ।
काठमाडौंमा सम्पन्न पार्टीको महाविधेशनले माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरिसकेको छ । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भइसकेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप